site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनि झोक्किए प्रधानमन्त्री... (तस्बिरहरू) 
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । लगातार चार दिन सदन अवरुद्ध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (चैत १८) जवाफ दिन प्रतिनिधिसभा बैठकमा उभिए । उनले जवाफ दिन थालेको केही समयमा नै संसद्‌मा होहल्ला भयो । उनी झोक्किए ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति बैठकमा उनले लिखित धारणा राखिरहेका थिए ।

“...फागुन २५ गते कथित स्वागत सवारी आयोजना गरियो । चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,” प्रधानमन्त्री ओलीले भने ।

उनले पूर्वराजा शाहले विगतको सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही आफ्नो आसनमा उभिए । शाहीले नियमापत्तिका निम्ति समय माग गरे । सभामुख देवराज घिमिरेले उनलाई आफूले बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे ।

तर, शाहीले मानेनन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई सम्बोधन रोक्न आग्रह गरे ।

“प्रधानमन्त्री आफ्नो मन्तव्य रोक्नुस् । र, के ...,” सभामुखले भने । प्रधानमन्त्री रोकिएनन् । प्रधानमन्त्रीले लिखित सम्बोधन पढिरहे ।

सभामुखले फेरि भने, “प्रधानमन्त्री... ।”

प्रधानमन्त्री ओलीले विगतमा दलहरू र पूर्वराजा शाहबीच भएको सहमतिबारे जानकारी गराइरहे । राप्रपा सांसदहरू उभिएर होहल्ला गरिरहे ।

अनि सभामुखले भने, “माननीय सदस्यहरू, आसनग्रहण गर्नुस् । प्रधानमन्त्रीले समय पाउनुभएको छ । उहाँले बोलिरहनुभएको छ ।”

राप्रपाका सांसद रोकिएनन्, सभामुखले आसनग्रहण गर्न भनिरहे र प्रधानमन्त्रीले आफ्नो मन्तव्य पढिरहे ।

शाहीले प्रधानमन्त्रीले नियमावली उल्लंघन गरेको बताए । त्यसपछि प्रधानमन्त्री झोक्किए, “नियमावली होइन, यहाँ संविधान उल्लंघन गर्ने, व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु । यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ । हल्ला गरेको भरमा राजनीति र संसद् सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन ।”

उनले सम्बोधन गरिरहँदा सभामुखले बस्न भने पनि राप्रपाका सांसदले अस्वीकार गरे ।

प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि सभामुखले शाहीलाई दुई मिनेटको समय दिए । उनलाई समय दिइएपछि सत्तापक्षीय सांसदले आपत्ति जनाए ।

फागुन २५ गते पूर्वराजा शाहलाई विमानस्थलमा गरिएको स्वागतलाई प्रधानमन्त्रीले ‘कथित’ भनेर होच्याएको शाहीले टिप्पणी गरे । उनले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।

उनले बोलिरहँदा सत्तासाझेदार दलका सांसदले होहल्ला गरे । सभामुखले नियमित कारबाही अघि बढाउन भन्दै उनीहरूलाई बस्न आग्रह गरे । उनीहरू नरोकिएपछि सभामुखले सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलालाई बोल्न समय दिए । बर्तौलाले प्रधानमन्त्रीले बोल्ने क्रममा राप्रपाका सांसदले अवरोध र ‘डिस्टर्ब’ गरेको बताए ।

उनले सभामुखले शाहीलाई नियमापत्तिका निम्ति समय दिएकामा आपत्ति जनाए । शाहीले बोलेको विषय रेकर्डबाट हटाउन समेत उनले माग गरे ।

थप तस्बिर हेर्नोस्–

s1-(9)-1743416852.jpg

s1-(10)-1743416852.jpg

s1-(7)-1743416851.jpg

s1-(8)-1743416851.jpg

s1-(5)-1743416850.jpg

s1-(6)-1743416850.jpg

s1-(3)-1743416849.jpg

s1-(1)-1743416848.jpg

s1-(2)-1743416848.jpg

s1-(15)-1743416883.jpg

s1-(16)-1743416884.jpg

s1-(18)-1743416884.jpg

s1-(17)-1743416884.jpg

s1-(13)-1743416883.jpg

s1-(14)-1743416883.jpg

s1-(11)-1743416882.jpg

s1-(12)-1743416882.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro