site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्षले राखे पुरानै माग, सत्तापक्षले ल्याए नयाँ अडान

काठमाडौं । प्रतिपक्ष र सत्तापक्ष उभिएपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आइतबार बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलका सांसदहरूले पुरानै माग राखेका थिए ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान दोहोर्‍याएका थिए ।

अर्कोतिर सत्तापक्षका सांसदहरूले गत शुक्रबार राजावादीको आन्दोलनमा सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको विषयमा सांसदहरूले बोल्न पाउनुपर्ने अडान राखे ।

त्यसक्रममा एकले अर्कामाथि आरोप लगाउनेदेखि नाराबाजीसमेत भएको थियो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro