site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको ‘अन्तिम लोकेसन’ भैंसेपाटी, खोजीकार्य जारी
फाइल तस्बिर ।

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंको खोजीकार्य जारी छ । शुक्रबारको उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी रहेको प्रहरीले बताएको छ । 
 
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले उनको खोजीकार्य जारी रहेको जानकारी दिए । “हिजो धर्मगुरु पुस्कर खतिवडाको घरमा फलफूल खाएर निस्किएको पाइयो । अहिलेसम्म पक्राउ परेका छैनन्,” एसपी रेग्मीले भने । 

खतिवडालाई भने आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । आफूलाई प्रहरीले जहाँ बोलायो त्यहीँ आउने बताएका प्रसाईं त्यसको केहीबेरमै सम्पर्कविहीन भएका थिए । 

सम्पर्कविहीन प्रसाईंको शुक्रबारको अन्तिम लोकेसन भैंसेपाटी देखिएको हो ।   

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परिसकेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रसाईं छिट्टै पक्राउ पर्ने बताएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro