देश

काठमाडौं । राजावादीको आन्दोलनले शुक्रबार अशान्त बनेको तीनकुने क्षेत्र आज सुनसान छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार बिहान ७ बजेपछि अवस्था सामान्य रहेको बताए ।
उनले सार्वजनिक सवारी साधन पनि सहजै आवतजावत भइरहेको जानकारी दिए । “आसपासका सटरहरू नखुल्दा सुनसान छ । तर, बिहान ७ बजेपछि अवस्था सामान्य बनेको छ,” उनले भने, “यातायातका साधन भने सहजै चलिरहेका छन् ।”
घटनास्थलमा शनिबार बिहान गृहमन्त्री रमेश लेखकले पनि अनुगमन गरेका छन् । तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।
तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको आगजनीबाट ठूलो भौतिक क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्