site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा पक्राउ 

काठमाडौं । दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा पक्राउ परेका छन् । ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारीअनुसार प्रसाईं उनीसँगै रहेको अनुमान थियो ।

उनी पनि हिजोको प्रदर्शनमा सहभागी भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्