site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको हतियार सम्झौता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन् । ट्रम्प साउदी अरेबिया, कतार र युएईको चारदिने भ्रमणका क्रममा त्यहाँ पुगेका हुन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो । 

यसैबीच, अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । ह्वाइट हाउसले जारी गरेको ‘फ्याक्ट सिट’मा यो जानकारी दिइएको छ। 

अमेरिकाले यो सम्झौतालाई ‘इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ । साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न प्रतिबद्धता जनाएको ह्वाइट हाउसले बताएको छ ।

सम्झौताको बारेमा, ह्वाइट हाउसले भनेको छ, ‘संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे (लगभग १४२ अर्ब डलर) जसअन्तर्गत साउदी अरेबियालाई एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ ।”

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्