
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति स्टुअर्ट ललाई मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो । क्यानले दुई वर्षका निम्ति लसँग सम्झौता गरेको छ ।
अस्ट्रेलियाका पूर्वब्याटर लले ५४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यसक्रममा उनले एक शतक र सात अर्धशतकसहित एक हजार २३७ रन बनाएका छन् । यस्तै, उनले एक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा अविजित ५४ रन बनाएका थिए ।
उनले यसअघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षण सम्हालेका थिए ।
यसअघिका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।