अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा बिहीबार (असार १२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार (असार ११) छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्