site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनमा बेलायती प्रधानमन्त्रीसँगको वार्तापछि जेलेन्स्कीले के भने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । पेरिसमा युक्रेनका सहयोगी राष्ट्रहरूको सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टाररसँगको भेटपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्रीसँग विभिन्न देशका नेताहरूसँग भएको बैठकको नतिजाबारे छलफल गरेको बताएका छन् ।

जेलेन्स्कीले भने, "सबैले बुझ्नु आवश्यक छ कि रूस वास्तविक शान्ति चाहँदैन । युद्धलाई लम्ब्याउन चाहन्छन् ।"

जेलेन्स्कीले सामाजिक मिडिया प्लेटफर्म एक्स मा लेखे, "बैठकमा युक्रेनलाई सहयोग गर्ने र युरोपको सुरक्षाका विषयमा कुराकानी भएको थियो । यस बैठकमा सबै देशले रुसको आक्रामक अडान नहट्दासम्म प्रतिबन्ध हटाउन नहुने कुरामा सहमति जनाएका थिए । युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने काम जारी रहने बताइएको छ ।"

जेलेन्स्कीले युक्रेनलाई समर्थन गर्ने दृढ इच्छा देखाएकोमा बेलायत र फ्रान्सका नेताहरूलाई धन्यवाद दिए ।

युरोप र अमेरिकासँगको एकता र इच्छाले रुसलाई शान्ति स्थापना गर्न बाध्य बनाउने उनले बताए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro