राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरेर स्थगित गरिएको हो । बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबारलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १६:०७
प्रतिक्रिया दिनुहोस्