site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भूठान’को छायांकनमा लाइट म्यानले लिन्थे दैनिक ५०० सय डलर  

काठमाडौं । चलचित्र ‘भूठान’ अमेरिकामा छायांकन भएको चलचित्र हो । अमेरिकाको ओहायोमा यो चलचित्र गत वर्ष छायांकन भएको थियो ।

अमेरिकामा छायांकन भएकाले यो चलचित्रमा हलिउडका प्राविधिक पनि रहेका छन् । छायांकनका हरेक विभागको नेतृत्व नेपाली प्राविधिकले गरे पनि असिस्टेन्टका रूपमा हलिउडका प्राविधिकले काम गरेका छन् । 

हलिउडका दशजना प्राविधिकले ‘भूठान’मा काम गरेको निर्देशक विनोद पौडेलले जानकारी दिए । हलिउडका प्राविधिकले निकै महंगो पारिश्रमिक लिने विनोद बताउँछन् । 

“लाइट म्यानले दिनको ५०० डलर (करिब ६८ हजार नेपाली रुपैयाँ) लिन्थे,” विनोद भन्छन्, “त्यसैले हामीले जतिसक्दो चाँडो छायांकन सक्ने प्रयास गरेका थियौँ । यसका लागि छायांकनमा जानुअगाडि नै तयारी गरेका थियौँ ।”

नेपालमा लाइट म्यानले दैनिक २५ सयदेखि तीन हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । 

‘भूठान’को छायांकन १७ दिनमा सकिएको निर्देशक पौडेलले जानकारी दिए । 

चलचित्र ‘भूठान’ विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेको चलचित्र हो । यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डेलगायत हलिउड कलाकार ब्रुस डर्नलगायतको अभिनय रहेको छ ।

वैशाख १२ गते यो चलचित्र    रिलिज हुँदै छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro