site stats
बाह्रखरी :: Baahrakhari
देश
दाजुलाई आक्रमण गर्नुअगाडि नै भाउजूको हत्या गरिसकेका थिए रमेशले 

काठमाडौं । मकवानपुरमा देवरले भाउजूको हत्या गरेका छन् । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहार गरी हत्या भएको हो । 

उनलाई आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । 

Argakhachi Cement Island Ad

“दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए,” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बाह्रखरीसँग भने, “खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइयो ।” 

रमेशलाई नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

“किन यो घटना घट्यो केही फरक तरिकाले अनुसन्धान गर्ने प्रयास गरिरहेका छौँ,” निरीक्षक सापकोटाले भने । 

रमेशको आक्रमबाट उनका दाजु रुपेश दास गम्भीर घाइते बनाएका छन् । उनको टाउको, हात, ढाडमा चोट लागेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्