site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान ऐयरप्रेरित पञ्जावको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा पञ्जाव किंग्सले विजयी सुरुआत गर्ने क्रममा गुजरात टाइटन्सविरुद्ध ११ रनको जित निकालेको छ ।

मंगलबार भएको खेलमा पञ्जावले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर ब्याटिङ गर्दा पाँच विकेट गुमाएर २३२ रनमात्रै बनायो । 

गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४१ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । जस बटलरले ३३ बलमा चार चौका र दुई छक्कासहित ५४ रन बनाए । सर्फेन रुथरफोर्डले ४६ र कप्तान सुभमन गिलले ३३ रन थपे । 

पञ्जावका अर्शदीप सिंहले दुई विकेट लिँदा मार्को जान्सेन र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको थियो ।

पञ्जावका कप्तान श्रेयस ऐयरले सर्वाधिक ९७ रन बनाए । उनले ४२ बलमा पाँच चौका र नौ छक्का प्रहार गरे । प्रियान्स आर्याले ४७, सशांक सिंहले ४४, मार्कुस स्टोइनिसले २० र अज्मतुल्लाह ओमरजाईले १६ रन थपे । 

गुजरातका साई किशोरले तीन विकेट लिए । कगिसो रबाडा र राशिद खानले समान एक विकेट लिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro