site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्यामा संलग्न रहेको आरोपमा १६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कंलकीस्थित खड्का गाउँमा सोमबार साँझ एकजनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई मंगलबार सार्वजनिक गरिएको छ ।

काठमाडौं महानगरपालिका–१४, खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भइ काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्यु भएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भइ हाल काठमाडौंको नागार्जुन–१०, स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठ समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, वाग्मती–५, सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७, धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ छन् ।

यसैगरी ताप्ली गाउँपालिका–७, उदयपुरका २० वर्षीय सांगे तामाङ, काठमाडौंको नागार्जुन–९, स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro