खेल

काठमाडौं । अस्ट्रेलियाको ब्रिसबानेस्थित गाब्बा रंगशाला भत्काइने भएको छ । आगामी ओलम्पिक खेल २०३२ पछि गाब्बा रंगशाला भत्काइने जनाइएको हो ।
गाब्बा भत्काइएपछि भिक्टोरी पार्कमा ६० हजार दर्शक क्षमता भएको रंगशाला निर्माण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो रंगशालाले पुरुषतर्फ कुल ६७ र महिलातर्फ दुई टेस्ट शृंखला आयोजना गरेको छ ।
“गाबा आफ्नो अस्तित्वको संघारमा आइसकेको छ । यसलाई राम्ररी संरक्षण गरिएको छैन । र, हामीलाई ठूला इभेन्ट आयोजना गर्न एक रंगशालाको आवश्यकता छ,” क्लिन्सल्यान्डका प्रिमियर डेविड क्रिसाफुलले भने ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्