site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । सोमबार स्कटल्यान्डको डुन्डीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ निर्णय लिँदै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।

लिग–२ को जारी संस्करणमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ । नेपाली टिमले प्रतियोगितामा १२ खेल खेल्दा ६ अंकमात्र जोडेको छ । तालिकाको पुछारमा रहेको नेपालले हालसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

Argakhachi Cement Island Ad

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि आज पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १६ खेलबाट २० अंक जोडको छ ।

स्कटल्यान्डमा आजैदेखि सुरु भएको त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्