site stats
बाह्रखरी :: Baahrakhari
कला
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : कसले कुन अवार्ड पाए ?

काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मीनबहादुर भामद्वारा निर्देशित चलचित्र साम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।

त्यस्तै, चलचित्र आँखाले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट निर्देशकतर्फ 'पुजार सार्की'बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाट नायिका अञ्जना बराईली प्राप्त गरेकी छिन् भने उत्कृष्ट पुरूष पात्र अवार्ड आँखाबाट आरके मेहताले हात पारेका छ्न् ।

त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् । उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।  

भारतीय चलचित्र रूक्मिणीले डंकी आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ ।

उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र 'अ बिटनेस'ले पाएको छ भने, 'माउन्ट एभरेस्ट अवार्ड' बेल्जियमको 'मेल्टिङ स्नु'ले पाएको छ । यस वर्ष 'वाग्मती अवार्ड' स्पेनको चलचित्र 'लुसिया जि रोमेरो'ले पाएको छ ।

लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतिदेवीले उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको 'देवी', अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र 'गल्स रि राइटिङ डेस्टिनि', उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र 'द विटनेस ट्रि'ले पाएको छ ।

चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा भएको निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्