site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजस्थानविरुद्ध हैदराबादको विशाल योगफल, किसनले बनाए शतक 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को दोस्रो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध २८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आइतबार घरेलु मैदानमा जारी खेलमा इशान किसनले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको हो । 

हैदराबादबाट किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । योसँगै किसन जारी सिजनमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् ।

Argakhachi Cement Island Ad

ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन थपे । हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन थपे ।

हैदराबादबाट दोहोरो अंकमा रन बनाएका सबै ब्याटरको स्ट्राइक रेट २०० भन्दा भाथि रह्यो । राजस्थानविरुद्ध हैदराबादका ब्याटरले कुल ३४ चौका र १२ छक्का प्रहार गरे ।

राजस्थानका तुसार देशपाण्डेले तीन विकेट लिए । महिस थिक्षणाले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट हात पारे ।

आईपीएलको इतिहासमा यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि, गत सिजन हैदराबादले नै रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २८७ रन बनाउँदै सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्