site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली एपीएफले तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले आयोजक करेन्ट रूपन्देही–११ लाई १–० ले पराजित गरेको हो ।

अब एपीएफले सोमबार फाइनल प्रवेशका लागि संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्नेछ ।

Argakhachi Cement Island Ad

एपीएफ र रूपन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो । तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो । एपीएफलाई अन्तिम चारमा पुर्‍याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औँ मिनेटमा गोल गरेका थिए ।  

खेलको ‘म्यान अफ द म्याच’ एपीएफका गोलकिपर विशाल गुरुङ घोषित भए ।

प्रतियोगिताको २३औँ संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजक करेन्ट रूपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिम सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्