site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाहीको माग

काठमाडौं । महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम)को घर भत्काइएको विषयमा ध्यानाकर्षण गराउँदै समन्यायिक समाज नेपालले दोषीलाई कारबाहीको माग गरेको छ । समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञका नाममा स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।

जातीय भेदभाव तथा छुवाछूत कसुर तथा सजाय ऐन, २०६८ तथा अरू कानुनी प्रावधानको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष समाजले माग गरेको हो । “यही चैत १७ गतेदेखि सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि दीपक मरिक (डोम)को घर भत्काइएको छ, जसकारण पीडित परिवार अहिले विस्थापित भएको छ । पीडित परिवारको भनाइअनुसार दलित भएकै कारण डोम समुदायको घर भएको स्थानको माटो समेत खनेर फालिएको छ,” अध्यक्ष विश्वकर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यममा आएका खबरअनुसार महायज्ञ सञ्चालन गरिरहेका बजरंगी बाबाले दलित परिवार त्यहाँ रहे महायज्ञ नहुने भनी अडान लिएपछि स्थानीय पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवको मिलेमतोमा उक्त घर भत्काइएको छ । यस आपराधिक घटनाको समन्यायिक समाज नेपाल घोर भर्त्सना गर्दछ ।”

नेपाललाई छुवाछूतमुक्त घोषणा गरिएको १८ वर्ष बितिसकेको, संविधान र कानुनले दण्डनीय अपराधका रूपमा किटान गरिसकेको अवस्थामा जनप्रतिनिधि समेत संलग्न भई विभेद गरी उठिबास लगाउने यस्ता कार्य हुनु जघन्य अपराध भएको समाजको ठहर छ ।

“दैनिक रूपमा दलित समुदाय जातीय छुवाछूत र विभेदको सिकार बनिरहे पनि धेरै घटना बाहिर आउन सकेका छैन । पीडितहरू अन्याय सहन बाध्य छन् । सबैलाई धर्म मान्ने अधिकार छ, तर धर्मका नाममा उठिबास लगाउनु निन्दनीय एवं दण्डनीय हो,” विज्ञप्तिमा भनिएको छ, “यस परिस्थितिमा समन्यायिक समाज नेपालले नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछूत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro