site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अब ह्वाट्सएप स्टाटसमा पनि गीत राख्न मिल्ने

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो म्यासेजिङ एप ह्वाट्सएपलाई थप परिस्कृत बनाउन खोजेको छ । कम्पनीले ह्वाट्सएपको स्टाटसमा गीतसंगीत राख्न मिल्ने फिचर थपेको छ ।

यससँगै फेसबुक तथा इन्स्टाग्राममा जसरी नै ह्वाट्सएपको स्टाटसमा पनि गीतसंगीत राख्न मिल्ने भएको हो ।

कम्पनीले स्पोटिफाइसँग इन्टिग्रेसन गरेर यो फिचर थपेको हो । मेटाले आधिकारीक रूपमा यसबारे जानकारी भने दिइसकेको छैन ।

ह्वाट्सएपको अपडेटेड संस्करणमा धेरै प्रयोगकर्ताले यो फिचर प्राप्त गरेका छन् । चाँडै नै कम्पनीले औपचारिक रूपमा यो फिचर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro