अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।
बुधबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्