site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा पहिलोपटक ‘नाडा प्रेजेन्टस वाडा अटो शो, २०२५’ हुने

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसनले पोखरामा पहिलोपटक अटो शो गर्न लागेको छ । आउने चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको मैदानमा ‘प्रथम नाडा  प्रेजेन्टस वाडा अटो शो २०२५’ हुनेछ ।

बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रवर्द्धक छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा सहयोगी छन् ।

प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लि. रहेको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।

यो अटो शोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, सातवटा ब्रान्डका दुईपांग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने कार्यक्रम संयोजक तथा वाडा उपाध्यक्ष निरन केसीले जानकारी दिए ।

कार्यक्रम स्थलमा नै अवलोकनका लागि आउने दर्शकहरूको लागि अटोलोन, क्लियरिङ, फाइनान्ससम्बन्धी सबै जानकारी दिइनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारीसाधन सुरक्षासम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रदर्शनीकै बीच पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ रक्तदान समेत हुँदैछ ।

प्रदर्शनीको व्यापक प्रचार–प्रसारकालागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, एनवाईईएफ पोखरा र जोन्टा क्लब अफ पोखराको संयुक्त आयोजनामा चैत्र ९ गते शनिबार बिहान ८ बजे पोखरा रंगशालाबाट सुरु भइ अमरसिंह र्मैदानमा सम्पन्न हुने गरी मोटर र्‍याली पनि आयोजना गरिएको छ ।

प्रदर्शनीको अवलोकन गर्न आउने ३०० जना दर्शकले बन्दीपुर केबलकारको टिकट पाउनेछन् । चारदिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन आयोजकको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro