site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक्सको भाउ बढेर मस्कले किनेकै मूल्य ४४ अर्ब डलर पुग्यो

काठमाडौं । सामाजिक सञ्जाल एक्सको मूल्य पछिल्लोपटक ४४ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले सन् २०२२ को अक्टोबरमा त्यतिबेलाको ट्विटर किनेर 'एक्स'मा रिब्रान्ड गरेका थिए ।

मस्कले किनेपछि एक्सको मूल्य घटेको थियो । पछिल्लो पटकको सम्झौतामा भने लगानीकर्ताहरूले एक्सलाई मस्कले किनेकै मूल्य ४४ अर्ब अमेरिकी डलर मूल्यांकन गरेका छन् ।

एक्सले एक अर्ब बढीको ऋण तिर्न नयाँ इक्विटी बेचेर दुई अर्ब अमेरिकी डलर पुँजी जुटाउन खोजेको छ । यसका लागि गत सेप्टेम्बरको सम्झौतामा भने त्यतिबेला पुरानै लगानीकर्ता फिडेलिटी इन्भेस्टमेन्ट्सले एक्सको मूल्यांकन १० अर्ब अमेरिकी डलर गरेको थियो ।

४४ अर्ब डलरको नयाँ मूल्यांकन एक्स र यसका लगानीकर्ता एन्ड्रिसेन होरोविट्ज, सेक्वोइया क्यापिटल, ८भीसी, गोआना क्यापिटल र फिडेलिटी इन्भेस्टमेन्टका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

मस्कले किनेयता एक्समा निकै धेरै परिवर्तन भएको थियो । नयाँ नीतिका कारण धेरैजसो ठूला विज्ञापनदाता एक्सबाट बाहिरिएका थिए ।

मस्कले किनेपछि आम्दानी घटेको एक्सले गत वर्ष १.२ अर्ब डलर नाफा कमाएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro