देश

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् ।
कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा. भीष्मकुमार भूसालले प्राधिकरणमा स्वागत गरेका थिए ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासहरूमार्फत् जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताए ।
यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उनले जनाए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्