site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनले जारी गरेको माफी रद्द गर्ने ट्रम्पको घोषणा 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनद्वारा कांग्रेसका सदस्यहरूलाई जारी गरिएको माफी रद्द गरेको घोषणा गरेका छन् । 

बाइडेनले पूर्ववरिष्ठ रिपब्लिकन सांसद लिज चेनी र कांग्रेसको समितिका अन्य सदस्यहरूलाई माफी दिएका थिए । उनीहरूले सन् २०२१ जनवरी ६ मा ट्रम्पका समर्थकहरूद्वारा क्यापिटलमा भएको आक्रमण र ट्रम्पले हारेको चुनाव उल्ट्याउने प्रयासको अनुसन्धान गरेका थिए । 

बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालको अन्त्यमा माफी जारी गरेका थिए । ट्रम्पले भने सन् २०२४ को चुनाव जितेमा उनीहरूसँग बदला लिने चेतावनी दिएका थिए । 

बाइडेनले पूर्वकोभिड महामारी सल्लाहकार एन्थोनी फाउची, सेवानिवृत्त जनरल मार्क मिले र आफ्नै छोरा हन्टरलगायत परिवारका नजिकका सदस्यहरूलाई पनि पूर्वसावधानी माफी जारी गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro