site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मिश्रलाई कामु गभर्नरको जिम्मेवारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् ।

मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेका गभर्नर पौडेलले स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामुको जिम्मेवारी दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना हाल बंगलादेश भ्रमणमा छिन् । ढुंगाना आगामी आइतबार स्वदेश फर्कने बताइएको छ । 

गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्