
काठमाडौं । प्रधानमन्त्री कपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशविरुद्ध पाँच विकेटको जित निकालेको छ ।
आइतबार सिद्धार्थ क्रिकेट रगंशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा दीपक बोहराले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ६८ बलमा आठ चौका र चार छक्का प्रहार गरे । सुमित महर्जनले ३४ रन जोडे । आसिफ शेखले २५ रन बनाउँदा लोकेश बम र कप्तान रोहित पौडेलले समान २२ रन बनाए ।
कर्णालीका दीपेन्द्र रावत, दिवान पुनले समान दुई विकेट लिए । प्रकाश जोशीले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोेजेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १८९ रनको योगफल खडा गरेको थियो ।
कर्णालीका सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए । दिनेश अधिकारीले ३३ रन बनाए । दीपेन्द्र रावतले ३० रन जोड्दा प्रकाश जैशीले २० रकप्तान दिवन पुनको नाममा १२ रन रहयो ।
एपीएफका अभिषेक गौतमले चार विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट लिए । किशोर महतो, रोहित पौडेल, भुवन कार्की, दीपक बोहोराले समान एक विकेट लिए ।