site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वविशिष्टको सुविधासम्बन्धी कानुन बनाउने विषयको संसद्‌मा विरोध
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्ष दलका सांसदहरूले पूर्वविशिष्टको सुविधासम्बन्धी कानुन बनाउने विषयको विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले सरकारले गलत निर्णय गरेको भन्दै सच्याउन माग गरे । 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुविधा बढाउने विषय गलत भएको बताए ।

“सुविधा बढाउने कुरा गलत छ । दलको तर्फबाट विरोध गर्दछु,” उनले भने । 

माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले विशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने कानुन बनाउने कुरा गरेर सरकारले विवेक गुमाएको आरोप लगाए । “विशिष्ट व्यक्तिको सेवा सुविधानको कानुन बनाउने कुरा गरेर जनताप्रति गर्नुपर्ने विवेक गुमाएको महसुस भएको छ । यसो नगर्न र जनताको पक्षमा प्रभावकारी काम गर्न हार्दिक अनुरोध गर्दछ,” उनले भने । 

यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिने गरी कानुन बनाउन नहुने बताए । उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने विधेयक सदनमा नल्याउन चेतावनी दिए ।

“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,” उनले भने, “यसप्रति घोर आपत्ति गर्न चाहन्छु । सरकार तत्कालै पछि फर्कियोस् । यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस् ।” 

ज्वालाले मन्त्रिपरिषद्ले मनोमानी गरी दिएको सुविधाको अन्त्य गर्नुपर्ने बताए । उनले अहिले भएका पदाधिकारीको समेत सुविधा घटाउनुपर्ने बताए । सांसदको सुविधा घटाउनुपर्ने भन्दै उनले आफू तयार रहेको बताए । 

राप्रपा सांसद रोशन कार्कीले पनि पूर्वविशिष्टको सेवा बढाउने विषयमा आपत्ति जनाइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro