site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजागंज’ले प्रिमियरमा कस्तो प्रतिक्रिया पायो ?

काठमाडौं । चलचित्र ‘राजागंज’ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । बुधबार काठमाडौंमा गरिएको प्रिमियरमा कलाकारदेखि राजनीतिज्ञसमेत उपस्थित थिए । 

प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह, मनिष झालगायत पुगेका थिए । 

निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, लुनिभा तुलाधर, शिल्पा मास्के, नाजिर हुसेनलगायत कलाकार प्रिमियरमा पुगेका थिए । 

पूर्वप्रधानमन्त्री भट्टराईले ‘राजागंज’ मधेस आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष सांक्षी भएकाले सिनेमा धेरै तथ्यपरक भएको बताए । 

“मलाई दुःख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौँ, पूर्णरुपमा त्यसका केही महत्वपूर्ण अंश काटिएको छ भन्ने सुनेँ,” उनले भने । 

महिला नेतृ यमीले ‘राजागंज’ उत्कृष्ट बनेको बताइन् । सेन्सरबाट महत्वपूर्ण सिन काट्दा चलचित्रको भाव मर्ने उनले बताइन् । 

अभिनेत्री केकी अधिकारी र ऋमा विश्वकर्माले चलचित्र राम्रो बनेको भन्दै हेर्न आग्रह गरे । अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्न ‘लेयर’मा कथा हेर्न पाइने उनले बताए । 

शुक्रबारबाट रिलिज हुने यो चलचित्रमा आशा मगराती मुख्य भूमिकामा छिन् । दीपक रौनियारले निर्देशन गरेको चलचित्र शुक्रबारबाट रिलिज हुँदै छ । 

आशा र दयाहाङसँगै विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro