site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिकोलाई ‘टाइब्रेकर’मा निराश बनाउँदै रियाल अन्तिम–८ मा 

काठमाडौं । अन्तिम–१६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्ध पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै साविक विजेता समेत रहेको रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति एट्लेटिकोको मैदानमा दोस्रो लेगमा घरेलु टिम १–० ले विजयी भएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा रियालले बाजी मार्‍यो । पहिलो लेगमा रियालले सान्टियागो बर्नबेउमा २–१ को जित निकालेको थियो ।

पेनाल्टीमा रियाल मड्रिडका एन्टोनियो रुडिगर, फेडेरिको भाल्भर्डे, जुड बेलिङ्घम र किलियन एमबाप्पेले गोल गरे । एट्लेटिकोका एन्जल कोरिया र एलेसान्डर सोर्लोथले गोल गरे । मार्को लोरेन्टेको प्रहार बारमा लागेर फर्कंदा जुलियन आल्भारेजको प्रहारलाई रेफ्रीले ‘डबल टच’ भएको जनाउँदै गोल खारेज गरेका थिए ।

त्यसअघि, खेलको पहिलो मिनेटमै कोनोर गालाघेरले गोल गर्दै एट्लेटिकोलाई अग्रतामा राखेका थिए । उनले २७ सेकेन्डमै गोल गरेका थिए ।

च्याम्पियन्स लिगको इतिहासमा एट्लेटिको रियालबाट नकआउट भएको यो पाँचौँपटक हो । यस्तै, च्याम्पियन्स लिगमा रियाल मड्रिडले चौथोपटक पेनाल्टी सुटआउटबाट खेल जितेको हो ।

रियालले अब सेमिफाइनल प्रवेशका निम्ति इंग्लिस क्लब आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्सनलले पीएसभीविरुद्ध समग्रमा ९–३ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । पहिलो लेगमा ७–१ को जित निकालेको आर्सनल दोस्रो लेगमा २–२ को बराबरीमा रोकिएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro