site stats
बाह्रखरी :: Baahrakhari
कला
२५ वर्षमा सबैभन्दा धेरै कमाउनेमा दीपक र रामबाबुको बोलवाला

काठमाडौं । पछिल्लो २५ वर्षमा सबैभन्दा धेरै कमाउने चलचित्रमा रामबाबु गुरुङ र दीपकराज गिरीको समूह देखिएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २५ वर्षका सबैभन्दा धेरै कमाउने २५ चलचित्रको सूचीमा रामबाबु र दीपकको टिमको वर्चस्व देखिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोर्डले सार्वजनिक गरेको सूचीमा ‘छक्का पञ्जा’ समूहको मात्रै ६ वटा सिनेमा परेको छन् । ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा–३’, ‘छक्का पञ्जा–४’, ‘छक्का पञ्जा–५’, ‘शत्रुगते’ र ‘६ माया छपक्कै’ रहेका छन् । ‘शत्रुगते’ दीपकको आफ्नै टिमले नबनाए पनि यसमा दीपकको अभिनय थियो । ‘६ माया छपक्कै’ रोहित अधिकारीले बनाए पनि यसमा छक्का पञ्जाको टिम नै थियो । 

रामबाबुको समूह पनि पछिल्लो २५ वर्षमा सबैभन्दा धेरै कमाइ गर्नेमा परेको छ । यो समूहले बनाएको पाँचवटा सिनेमाले पाँच करोडको आँकडा पार गरेका छन् । 

यो टिमले बनाएको ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘कबड्डी–४’ र ‘जारी’ रामबाबुको समूहले बनाएका चलचित्र थिए । जो सबैभन्दा धेरै कमाउने २५ चलचित्रभित्र परेका छन् ।  
boxoffice-colletion-1751350702.JPG
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्