site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । काठमाडौंको धोबीचौरमा रहेको पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगन भएको छ । 

स्ववियु निर्वाचन समिति २०८१ का निर्वाचन अधिकृत डा. राजुभाइ मानन्धरले एक सूचना जारी गर्दै असामान्य परिस्थितिका कारण निर्वाचन स्थगन भएको जानकारी गराएका हुन् । 

Argakhachi Cement Island Ad

सूचनामा भनिएको छ, ‘मिति २०८१ चैत्र ५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आज २०८१ चैत्र २७ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएको हुँदा अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको स्ववियु निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी मनोनयन हुनुपर्ने थियो । अन्य क्याम्पसमा भने तालिकाअनुसार मनोनयन दर्ता भइरहेको छ ।

public-youth-1741683953.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्