site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्ववियु निर्वाचन : मुस्ताङमा सर्वसम्मत नेतृत्व

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एक मात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत सोमबार उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ/संगठनबीचको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

Argakhachi Cement Island Ad

क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार, आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका संघ/संगठनको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्मत निर्वाचित भएकी छन्।  

उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसंघ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसंघबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्