site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा रकम हत्याउन आफ्नै पसलमा आगजनी

पोखरा । बिमा रकम हत्याउन आफ्नै पसल जलाउने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने २८ वर्षीय रमेश शर्मा लोहार रहेका छन् ।

लोहारले पोखरा ८ न्युरोडमा शर्मा आईटी हब सञ्चालन गर्दै आएका थिए । मासिक ३५ हजार भाडा तिरेर सञ्चालन गरिएको आईटी हबमा दुईजना कामदार पनि थिए । आगलागी भएको दिन दुवैजना कामदार बिदामा थिए भने पसल पनि दुई दिनअघिदेखि बन्द रहेको थियो ।

फागुन १६ गते साँझ सात बजेतिर उक्त आईटी हबमा आगलागी भयो । आगलागीबाट ९४ लाखको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा त्यसको भोलिपल्टै निवेदन दिएका थिए । उनले आफ्नो पसलको एक करोडबराबरको बिमा पनि गरेका थिए । 

घटनाको तीन दिनपछि लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा मोबाइल चार्जमा राखेर वासरुम गई फर्किंदा केही पड्किएको आवाज आई हेर्दा आगलागी भएको भन्ने व्यहोरासहित बिमा रकम दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले आगो लगाउने व्यक्ति स्वयं लोहार नै रहेको अनुसन्धानका क्रममा पत्ता लागेको जानकारी दिए ।

घटनास्थलको प्रकृतिको अध्ययन, घटनास्थलबाट म्यानुअल्ली र डिजिटल्ली दुवै प्रकारबाट आगलागी भएको घटनाबारे विभिन्न सबुद प्रमाण संकलन गरेको, लोहारको तालचोकस्थित पसलको पनि अनुसन्धानपछि प्रहरीले बिमा रकमकै लोभमा लोहार आफैँले पसलमा आगो लगाएको निष्कर्षमा पुगेको हो । 

पक्राउ परेका लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए । 

लोहारको तालचोकमा पनि शर्मा आईटी सोलुसन नामको पसल पाँच वर्षदेखि सञ्चालनमा रहेको र त्यहाँ ६ जना कामदार रहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro