site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराजाको सवारीलक्षित त्रिभुवन विमानस्थलको चेकजाँचमा कडाइ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ ।

विमानस्थलमा हुने भिड नियन्त्रण र आवातजावतमा कडाइ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले बताए ।

उनका अनुसार, विमानस्थलभित्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कडाइ गरिएको बताए । “पूर्वराजाको सवारी हुने भएकाले विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरेका छौँ । उहाँको स्वागतमा जाने भिडले विमानस्थलमा खतरा नहोस् भनेर आवतजावत गर्ने नागरिकको पहिचान गर्दै प्रवेश दिइरहेका छौँ,” उनले बाह्रखरीसित भने ।

नियमित ड्युटीभन्दा एक हजार बढी प्रहरी परिचालन गरिएको पनि एसएसपी खनालले बताए । पूर्वराजा शाह आइतबार (आज) दिउँसो ३ बजे हवाईमार्ग हुँदै काठमाडौं आउँदै छन् ।

पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro