site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर पलाउमा पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्‍याइएका नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, उनीहरूलाई उद्धार गरेर आज नेपाल फर्काइएको छ ।

"नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ," दूतावासले भनेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro