site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङ उद्योग वाणिज्य संघले १५ महिनादेखि तलब दिएन, चार कर्मचारी दुई ध्रुवमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । धादिङ उद्योग वाणिज्य संघको कार्यालयमा बुधबार कर्मचारीहरूले ताला लगाए । यसरी ताला लगाउँदा चार कर्मचारी एकैतर्फ थिए । आफूहरूले १५ महिनादेखि नियमित पारिश्रमिक नपाएको भन्दै कर्मचारीहरूले कार्यालयको गेटमा सूचना टाँस गरी ताला लगाए ।

एक पक्षले गेटको चाबी खोलेर कार्यालय आउन थालेका छन् । यसरी कार्यालयको ताला खोल्नेमा सहायक प्रशासक जनक परियार र राममाया बस्नेत छन् । उनीहरूले नै सहमति जनाएपछि माघ १५ गतेबाट कार्यालय नआउने सहमति भएको थियो । तर, तलब नै नपाइकन परियार र बस्नेत कार्यालय आएका छन् ।

सहायक कर्मचारी रामचन्द्र श्रेष्ठ र दिलबहादुर कुमाल भने कार्यालय आएका छैनन् । श्रेष्ठ र कुमालले हालम्म तलब पाएका छैनन् । तर, परियार भने आफूहरूले तलब पाएको बताउँछन् । “हामीबीच पहिले सहमति भएको हो । अहिले सबै मिलिसक्यो । अध्यक्षज्यूले एक–दुई दिनमा सबैको मिलाइदिन्छु भन्नु भएको छ,” परियारले बाह्रखरीसित भने, “अहिले त्यस्तो समस्या छैन । कार्यालय खुला नै छ । बन्द छैन ।”

तर, आफूहरूले १५ महिनादेखि तलब नपाएपछि ताला लगाइएको श्रेष्ठ र कुमाल बताउँछन् । हालसम्म पनि आफूहरूले तलब नपाएको उनीहरूको गुनासो छ । कुमाल करारका सहायक कर्मचारी हुन् भने परियार, श्रेष्ठ र बस्नेत स्थायी कर्मचारी हुन् । उनीहरू चारैजनाको सहमतिमा गेटमा ताला लगाएर सूचना टाँसिएको थियो ।

निवर्तमान कार्यसमितिले कर्मचारीहरूलाई दिनुपर्ने तलब अडिट रिपोर्टमा उल्लेख नगरेको र नवनिर्वाचित कार्यसमितिले पनि वेवास्था गरी आलटाल गरिरहेकाले बाध्य भएर दबाब दिन ताला लगाइएको श्रेष्ठ र कुमालको प्रतिक्रिया छ ।

“भत्ता तथा पेस्की स्वरुप केही रकम दिए पनि पारिश्रमिक नदिएको र तलब माग गर्दा नयाँ निर्वाचित कार्यसमितिले पुरानो तलब दिन नसक्ने भनेपछि हामी चारजनाले नै सहमतिमा ताला लगाएका थियौँ,” श्रेष्ठले भने ।

यता, संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी कर्मचारीको विषयमा कुनै समस्या नरहेको बताउँछन् । कर्मचारीहरू बीचको आपसी विषयले गर्दा समस्या आएको हुन सक्ने उनले बताए । “हामीले कर्मचारीहरूको विषयमा मेलमिलाप गरिसकेका छौँ,” उनले भने, “उद्योग वाणिज्य संघले मासिक तलब दिन सक्दैन । केही महिनाको बाँकी त हुन्छ । तर, धेरै महिनाको तलबको विषयमा समस्या छैन ।”

तर, कर्मचारीहरूले गत वर्ष २०८० मंसिरदेखि तलब नपाएको र सामूहिक कार्यालय नआउने भनेर माघ १३ गते सहमति गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro