
काठमाडौं । फ्रान्स प्रोफेसनल फुटबल लिग (एलएफपी)ले ओलम्पिक लियोनका मुख्य प्रशिक्षक पाउलो फोन्सेकालाई निलम्बन गरेको छ । एलएफपीले पाउलो फोन्सेकोलाई नौ महिनासम्मका निम्ति निलम्बन गर्ने निर्णय गरेको हो ।
लियोनले ब्रेस्टलाई २–१ ले पराजित गरेको खेलमा रेफ्री बेनोइट मिलोटसँग फोन्सेकोले गरेको विवादका कारण निलम्बन गरेको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै नोभेम्बर ३० सम्म फोन्सेकाले टिमको बेन्च, प्रतिनिधिहरूको ड्रेसिङ रूम र कुनै पनि औपचारिक कार्यक्रममा सामेल हुन नपाउने एलएफपीले जनाएको छ ।
उक्त खेलमा लायोनीजले पाउनुपर्ने पेनाल्टी अवसर नपाएको भन्दै फोनेस्काले रेफ्रीसँग नराम्रो व्यवहार देखाएपछि उनलाई खेलमा सिधैँ रातो कार्ड देखाइएको थियो । “उनी मसँग नराम्रो व्यवहार गर्न आए । त्यसैले मैले रातो कार्ड दिने निर्णय गरेँ,” मिलोटले भने ।
यस विषयमा लियोनले भने आफ्नो प्रशिक्षकप्रति लगाइएको प्रतिबन्धप्रति आपत्ति व्यक्त गरेको छ ।