site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘११ : ५५’को ट्रेलरमा प्रेमको नाटक र त्यसको परिणाम 

काठमाडौं । चलचित्र ‘११ : ५५’ (डु नट ट्रस्ट एनिवन)को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै आज निर्माणपक्षले ‘११ : ५५’ ट्रेलर सार्वजनिक गरेको हो । 

सार्वजनिक ट्रेलरमा सम्पत्तिका लागि बनाइने योजना र त्यसको परिणाम देख्न सकिन्छ । सम्पत्तिका लागि प्रेमको नाटक, धोका, आक्रमण र त्यसको परिणाम देखाइएको छ । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, सागर खनाललगायत कलाकारलाई देख्न सकिन्छ ।    

चलचित्रमा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका छन् ।  

सनेमाको लेखनमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली छन् । यो चलचित्र चैत ८ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro