
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्दै छ । दक्षिण अफ्रिका समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा आएको हो । न्युजिल्यान्ड समूह ‘ए’को उपविजेता बन्दै अन्तिम–४ मा आएको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ । दक्षिण अफ्रिका समूह चरणका दुई खेलमा विजयी भएको थियो । दक्षिण अफ्रिकाको एक खेल वर्षा कारण रद्द भएको थियो । समूह चरणमा न्युजिल्यान्डले दुई खेलमा जित निकाल्दा एकमा हार सामना गरेको थियो ।
पाकिस्तानको लाहोरमा यो खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । खेल जित्ने टिम उपाधिका निम्ति भारतसँग भिड्नेछ । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनल यात्रा तय गरिसकेको छ ।