site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी आणविकस्थलमा बम खसालेर बी–२ बमवर्षक विमान अमेरिका फर्किए

काठमाडौं । बी–२ स्टेल्थ बमवर्षक विमानहरू इरानमा ‘अपरेसन मिडनाइट ह्यामर’ पूरा गरेर मिजौरीमा रहेको अमेरिकी वेसमा फर्किएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै इरान मिसनमा रहेका बी–२ स्टेल्थ बमवर्षकका पाइलटहरू सुरक्षित फर्किएको बताएका थिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समाचारका अनुसार यो अमेरिकी अपरेसनमा सात स्टेल्थ बी–२ बमवर्षकहरू संलग्न थिए । समग्रमा बी–२, इन्धन भर्ने ट्यांकर, टोही विमान र लडाकु जेटसहित १२५ भन्दा बढी विमानहरू संलग्न रहेको बताइएको छ ।  

बी–२ बमवर्षक त्यस्ता विमानहरू हुन् जसले ‘म्यासिभ अर्डनन्स पेनेट्रेटर’ बोक्न सक्छन् । विज्ञहरूले इरानको भूमिगत फोर्डो आणविक सुविधालाई नष्ट गर्नसक्ने एकमात्र बमको रूपमा उल्लेख गरिएको थियो ।

प्रत्येक बी–२ बमवर्षकले यी बंकरबस्टर बमहरूमध्ये दुईवटा बोक्नसक्छ, जसको तौल ३० हजार पाउन्ड हुन्छ । सीएनएन
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्