site stats
बाह्रखरी :: Baahrakhari
खेल
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : प्रो–एमको उपाधि रामेको टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फर रामे मगरको टिमले जितेको छ ।

गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा टिमले कुल १५९ अंकसहित पहिलो भएको हो । रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णुबहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४० अंक बनाए । सायान बस्नेतले ३८ अंक जोडेका थिए । विजयी एमेच्योर खेलाडीहरूले क्यालवे इलाइट ड्राइभर प्रदान गरियो ।

प्रो दिनेश प्रजापतिको टिम १५१ अंकसहित दोस्रो भयो । दिनेशले ४० अंक जोडे । एमेच्योर गल्फरहरू अश्मांककार्की, वाङ्चेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रो तोरण विक्रम शाहीको टिमले १४४ अंक सहित तेस्रो भए । तोरणले ३८ अंक बनाए । एमेच्योर गल्फर आशिषमान शेरचनले ३६ तथा तरूण अग्रवाल र लिलाजंग गुरुङले समान ३५ अंक जोडे ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३२ अंक बनाइन् । प्रतियोगिताको लंगेस्ट ड्राइभको उपाधि संयोग शाहीले र क्लोजेस्ट टू दी पिनको उपाधि स्वदेश गुरुङले जिते‌ ।

प्रो एमका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष (कर्पोरेट अफेयर्स) रवि केसी, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फसंघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्षसुहृद घिमेरे र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे । प्रो एममा २८ प्रो र ११२ एमेच्योर गरी कुल १४० जनाको सहभागिता थियो ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरको उपाधि एमेच्योर राहुल विश्वकर्माले जितेका थिए । उनले समग्रमा २१ अन्डर २६७ को स्कोरमा भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै दोस्रो उपाधि जितेका हुन् ।

समग्रमा १९–अन्डर २६९ को स्कोरमा भुवन नगरकोटी प्रोतर्फ पहिलो भएका थिए । उनले नगद तीन लाख रुपैयाँ प्राप्त गरे । एमेच्योर सद्भाव आचार्य समग्रमा १८–अन्डर २७० को स्कोरमा तेस्रो भएका थिए । सिजनको अन्तिम प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ खेलाडीले भाग लिएका दिए ।

सिजनको अन्त्यसँगै धरानका प्रो निरज तामाङ सूर्य नेपालगल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटको शीर्ष स्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन् ।

टुरको २०२४–२५ सिजनको आठ प्रतियोगितामा आठ लाख ६७ हजार ५०० नगद पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन् । यो सिजन आठमध्ये सर्वाधिक तीन उपाधि निरजले, दुई उपाधि एमेच्योर राहुलले र एक–एक उपाधि एमेच्योर सद्भाव, तोरण र शुक्रले जिते ।

यो सिजन कुल ६७ लाख १० हजार नगद पुरस्कारका लागि‌ प्रो गल्फरहरूले प्रतिस्पर्धा गर्दा ३८ खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्