देश

रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार (असार ८) साँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीका ५० वर्षीया गनेशा ओलीको मृत्यु भएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार, घरमा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकामा चिकित्सकले गए राति मृत घोषणा गरेका हुन् । रासस
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १०:२५
प्रतिक्रिया दिनुहोस्