site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– इरानमा सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा सत्ता परिवर्तनको संकेत गरेका छन् ।

ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै लेखे, “सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा उचित मानिँदैन । तर, वर्तमान इरानी सरकारले इरानलाई पुनः महान बनाउन सक्दैन भने सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ? मेक इरान ग्रेट अगेन ।”

यद्यपि, आइतबार भएको पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक केन्द्रहरूमाथिको हमला सत्ता परिवर्तनका लागि नभएको बताएका थिए ।

उनले भनेका थिए, “यो मिसन सत्ता परिवर्तनका लागि थिएन र अहिले पनि त्यस्तो कुनै उद्देश्य छैन ।” 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्यूजसँग अमेरिकाले इरानमा सत्ता परिवर्तन नचाहेको तर इरानको आणविक कार्यक्रमलाई समाप्त गर्न चाहेको बताएका थिए ।

अमेरिकाले आइतबार इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानमा हमला गरेको थियो ।

इरानी अधिकारीहरूले तीन आणविक केन्द्रहरूलाई निशाना बनाइएको पुष्टि गरेका थिए । यद्यपि, उनीहरूले यी हमलाबाट कुनै ठूलो क्षति भएको दाबीलाई खारेज गरेका थिए । सीएनएन

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्