site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली टिमको सहायक प्रशिक्षण जिम्मेवारी खड्गीलाई

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एफसी एसियन कप क्वालिफायरका निम्ति नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र क्वालिफायरअन्र्तगत मलेसियाविरुद्धको खेलका निम्ति मंगलबार सहायक प्रशिक्षकको जिम्मेवारी खड्गीलाई सुम्पिएको हो ।

यस्तै, विनोद महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् । यसैगरी नकुल हमाल ठकुरी र रमेशकुमार कार्की टिम व्यवस्थापकसँगै निशान्त जोशी टिम थेरापिस्ट नियुक्त भएका छन् ।

एन्फाका महासचिव किरण राईले नियुक्त भएका सबै प्रतिनिधिलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । एएफसी क्वालिफायरअघि नेपालले मार्च २५ मा सिंगापुरसँग मैत्रीपूर्ण एक खेल र मार्च २१ मा क्वालिफायरअन्तर्गत मलेसियासँग प्रतिसपर्धा गर्ने तालिका छ ।

एन्फाले यसअघि अस्ट्रेलियाका म्याट रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिकसकेको छ । आइतबार आधिकारिक रूपमा नेपाली टिमको जिम्मेवारी पाएका रोसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली समेत सार्वजनिक गरिसकेका छन् ।

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro