site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबनोस् सालिक
Tiktok banner adTiktok banner ad

यो सेन्ट्रल सिड्नी
हेरिरहेकी छे एकोहोरो ओलिभर नाइया
त्यो क्विन एलिजाबेथको सालिक
एकाएक तर्सिन्छे ऊ
जब छेउबाट हिँडिरहेको डग बाल्टर
पानी चढाउँछ एलिजाबेथको शरीरमा
र पिच्च पिच्क्याउँछ जब बिस्टा
उडिरहेको काग क्विन एलिजाबेथको टाउकोमा ।

सम्झन्छे ओलिभर
नबनोस् सालिक कागको ट्वाइलेटको निमित्त
डगहरूको खुसीको निमित्त
मेरो फादर ओलिभर जोनको चिहान छ
तर, छैन सालिक
ऊ शुद्ध छ
छैन फोहोर उसमाथि
बिचरा क्विन, डस्टबिन बनेकी छिन्
के जितिन् खै !
टक्रक्क सडकछेउ
ट्राफिकझैँ उभिएर
नबनोस् सालिक
छि !

सम्झन्छे ओलिभर नाइया पढिएको इतिहास
जति बेला अपराधीहरू कैद गरिन्थे यस टापुमा
सायद तिनकै निम्ति सुरक्षा हालेर बसेकी होली
बिचरी क्विन एलिजाबेथ !

तर, ऐले खै स्वतन्त्र मान्छेहरू
सभ्य अत्याधुनिक मान्छेहरू
खै चढाउँदैनन् एक थुँगा फूल
न त चढाउँछन् एक विशुद्ध मन
क्वारक्वार्ती हेर्दै हतारमा बाटो काट्छन्
हेरिरहेकी छिन् क्विन एलिजाबेथ
दुई शताब्दी समयहरू
यही सडकमा कुल्चिएर
कट्कटिएको आची
र सुकेको पिसाब बोकेर !
नबनोस् सालिक व्यर्थ
नबनोस् सालिक ।

म पनि ऐले सम्झिरहेछु
मेरो नेपाल र
राजा पृथ्वीनारायणको भत्काइएको सालिक ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro