site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीज्यूलाई सोझो ठानेको थिएँ, चम्मु बाठो हुनुहुँदो रहेछ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।

मानव तस्करीका नाममा किन नेपाली जनतालाई लुटेको ? भन्दै उनले प्रश्न गरिन् । “गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदै छ, यसको जवाफ छ गृहमन्त्रीज्यू ?,” उनले भनिन्, “बीपीले भन्नुभएको थियो– जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको टिप्पणी गरिन् । “गृहमन्त्रीज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ,” उनले भनिन्, “उहाँले त यस्तो समिति बनाउनुभयो कि उहाँलाई फुत्किन र कमाइ बचाउन धेरै सजिलो भयो ।”

उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन् । “धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,” उनले भनिन्, “तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।”

उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्