site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई नतिजा बेलुका सार्वजनिक गर्ने तयारी,  बाह्रखरीमा हेर्न पाइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आजै बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ ।

बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले बाह्रखरीसँग कुरा गर्दै भने, “एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ । बेलुका ६ बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।”

प्रकाशित हुने नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिनेछ । see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । 

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्