राजनीति

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले शनिबार (असार १४) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । सुरुमा उनीहरू बैठकमा उपस्थित थिए । विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि रास्वपा सांसद बैठकबाट बाहिरिएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराए ।
बैठकमा त्यसअघि रास्वपा सांसद गणेश पराजुलीले आफूहरूको आन्दोलन जारी रहने बताए । भिजिट भिसा प्रकरणमा गहन अनुसन्धान गर्न बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्ने पार्टीको माग उनले दोहोर्याए ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ १३:३३
प्रतिक्रिया दिनुहोस्